अब खोटाङमै पायल्स र फिस्टुलाको उपचार, क्षारसूत्र प्रविधि सुरु

अब खोटाङमै पायल्स र फिस्टुलाको उपचार, क्षारसूत्र प्रविधि सुरु

रोदिक खबर

२०, पौष २०८२
  • 6.3K
    SHARES
  • अब खोटाङमै पायल्स र फिस्टुलाको उपचार, क्षारसूत्र प्रविधि सुरु

    खोटाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङमा मलद्वारसम्बन्धी विभिन्न जटिल रोगहरूको उपचार क्षारसूत्र प्रविधिबाट सुरु गरिएको छ।

    आयुर्वेदको प्रभावकारी तथा सुरक्षित उपचार पद्धतिका रूपमा परिचित क्षारसूत्र प्रविधिबाट पायल्स, फिस्टुला इन एनो, फिसर इन एनो, मलद्वारमा गाँठा–गुठी आउने, पिप आउने तथा मासु पलाउनेजस्ता रोगहरूको उपचार शुरू गरिएको हो।

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका प्रमुख डाक्टर सर्बिन्द्र यादवका अनुसार क्षारसूत्र प्रविधि न्यूनतम शल्य प्रक्रियामार्फत गरिने उपचार विधि हो, जसबाट शल्यक्रिया नगरी वा अत्यन्तै कम शल्यक्रियाबाट रोगको उपचार सम्भव हुन्छ।

    यस प्रविधिबाट उपचार गर्दा बिरामीलाई कम पीडा हुने, उपचारपश्चात रोग पुनः दोहोरिने सम्भावना न्यून रहने तथा सामान्य जीवनशैलीमा छिटो फर्कन सकिने यादवले बताए।

    डाक्टर यादवले आधुनिक जीवनशैली, असन्तुलित खानपान र शारीरिक निष्क्रियताका कारण पछिल्लो समय मलद्वारसम्बन्धी रोगका बिरामीहरूको संख्या बढ्दै गएको बताए ।

    जिल्लामै क्षारसूत्र प्रविधिबाट उपचार सेवा सुरु भएपछि यस्ता रोगका बिरामीले उपचारका लागि बाहिरी जिल्लामा जानुपर्ने बाध्यता हट्ने र समय तथा खर्चको बचत हुने उनको भनाइ छ ।

    आयुर्वेदिक पद्धतिबाट सुरक्षित, प्रभावकारी र दीर्घकालीन समाधान उपलब्ध हुने भएकाले यस सेवाबाट जिल्लावासी लाभान्वित हुने जनाइएको छ।

    प्रकाशित मिति :पौष २०, २०८२ आइतवार - १९:५१:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको