उदयपुर । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य खेम राउतले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई सुइटर वितरण गरेका छन् ।
राउतले जन्मदिनको अवसरमा उदयपुरको रौतामाई गाउँपालिका–५ स्थित कालिकादेबी माध्यमिक विद्यालयका बालविकास केन्द्रदेखि कक्षा ५ सम्म अध्ययनरत ४६ जना विद्यार्थीलाई बुधबार सुइटर वितरण गरेका हुन् ।
चिसो मौसमलाई मध्यनजर गर्दै विद्यार्थीहरूको स्वास्थ्य र अध्ययनमा सहजता होस् भन्ने उद्देश्यले सुइटर वितरण गरिएको राउतले बताए ।
उनले जन्मदिनजस्ता व्यक्तिगत खुशीका अवसरलाई समाजसेवामा रूपान्तरण गर्न पाउँदा आफूलाई सन्तुष्टि मिलेको उल्लेख गरे ।
विद्यालयले विद्यार्थीहरूको हितका लागि गरिएको सहयोगप्रति राउतलाई धन्यवाद व्यक्त गरेको छ ।