खोटाङ । दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लोकमाया थापा (गिता) सर्वसम्मत चयन भएकी छन् ।
विद्यालयमा आयोजित अभिभावक तथा सरोकारवालाको भेलाले थापाको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति गठन गरेको हो ।
नवगठित समितिको सदस्यहरूमा रोहित कुमार सैजु, केदार खत्री, सिता अधिकारी र अस्मिता विक रहेका छन् ।
त्यस्तै, वडा प्रतिनिधिका रूपमा वडाध्यक्ष नवराज राई चयन भएका छन् भने शिक्षक प्रतिनिधिमा मीन बहादुर खत्री रहेका छन् । समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यपक पुस्पलाल राई रहेका छन् ।
नव निर्वाचित अध्यक्ष थापाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक, विद्यालय प्रशासनसंग तथा सरोकारवाला निकायसँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।