• ट्रेण्डिङ:

खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

रोदिक खबर

२, माघ २०८२
  • 1.7K
    SHARES
  • खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै खोटाङको दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

    शुक्रबार मुख्य निर्वाचन अधिकृत फणिन्द्र पराजुलीले व्यानर उद्घाटन गर्दै कार्यालय औपचारिक रूपमा कार्यालय स्थापना गरेका हुन्।

    निर्वाचन व्यवस्थापन, मतदाता शिक्षा, उम्मेदवारी दर्ता, निर्वाचन आचारसंहिता कार्यान्वयन तथा समग्र निर्वाचन प्रक्रिया प्रभावकारी बनाउन जिल्ला अदालत खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

    आगामी निर्वाचनलाई सफल बनाउन नेपाली सेना, नेपाल प्रहरी सशत्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान आयोगको टोलीलाई समेत परिचालन गरिने बताइएको छ ।

    निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदानस्थललाई केन्द्रित गरेर सुरक्षा व्यवस्थामा समेत कडाइ गरिने प्रमुख जिल्ला अधिकारी रेखा कडेलले बताईन ।

    आगामी निर्वाचनका लागि खोटाङमा एक हजार २८२ जना निर्वाचन प्रहरी नियुक्त गरिने जनाइएको छ । निर्वाचन प्रहरीका लागि आवेदन लिने काम भई रहेको प्रमुख जिल्ला अधिकारी कडेलको भनाइ छ । यस्तै, मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

    कार्यालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार माघ–६ गते उम्मेदवारको मनोनयन दर्ता, माघ–७ गते उम्मेदवारविरुद्ध उजुरी, माघ–७ गते उम्मेदवारको नामावली प्रकाशन, माघ–९ गते उम्मेदवारले आफ्नो नामावली फिर्ता लिन पाउने, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिन्ह प्रदान गर्ने भएको छ ।

    प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी निर्वाचनका लागि १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा एक लाख ४७ हजार १२० जना मतदाता रहेका छन् ।

    प्रकाशित मिति :माघ २, २०८२ शुक्रवार - १४:१८:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको