शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङमा सुमो दुर्घटना हुँदा तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना हुँदा तीन जना घाइते

रोदिक खबर

२०, माघ २०८२
  • 5.0K
    SHARES
  • खोटाङमा सुमो दुर्घटना हुँदा तीन जना घाइते

    खोटाङ, २० माघ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लाकुरीभञ्ज्याङमा सुमो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

    माघ २० गते केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबाट हलेसी हुँदै काठमाडौं जाँदै गरेको ना १ ज ८७८१ नम्बरको सुमो दुर्घटनामा भुटानका एकसहित तीन यात्रु घाइते भएका हुन् ।

    मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भएको सुमो सडकको भित्तातर्फ पल्टिँदा भुटान थिम्बुका ७२ वर्षीय वृद्धा कार्दुङ, डोटीको पुर्वीचौकी गाउँपालिका–४ सानागाउँका ३५ वर्षीय लोकराज जोशी र गोरखाको चुमनुब्री गाउँपालिका–८ का ५८ वर्षीय लोप्साङ लामा घाइते भएका हुन् ।

    घाइतेहरुलाई उपचारका लागि उदयपुरको जनसेवा क्लिनिक घुर्मीमा पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए ।

    भुटानी नागरिक कार्दुङको टाउको र जोशीको काँधमा भित्री चोट लागेको छ । उनीहरु हलेसीमा दर्शन गरेर फर्कनेक्रममा दुर्घटनामा परेका हुन् । हाल घाइतेहरुको अवस्था सामान्य छ । सुमोमा सात यात्रु सवार थिए । चार जना भने सकुशल छन् ।

    सुमो चालक सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–७ का ३७ वर्षीय बुद्धमान श्रेष्ठलाई प्रहरीचौकी च्यास्मीटारले नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :माघ २०, २०८२ मंगलवार - १५:३४:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको