• ट्रेण्डिङ:

स्याङ्जामा पहिरोमा परी दुई जनाको मृत्यु, आठ जना बेपत्ता

स्याङ्जामा पहिरोमा परी दुई जनाको मृत्यु, आठ जना बेपत्ता

रोदिक खबर

८, आश्विन २०७७
  • 1.9K
    SHARES
  • स्याङ्जामा पहिरोमा परी दुई जनाको मृत्यु, आठ जना बेपत्ता


    स्याङ्जा । स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । एक जनालाई जीवितै उद्धार गरिएको छ ।

    स्याङ्जाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना सम्पर्कविहीन छन् । पहिरोबाट एक जनालाई भने जीवितै उद्धार गरिएको छ ।

    तर, घर माथिबाट पहिरो नरोकिएकाले उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । स्याङ्जाकै कालिगण्डकी गाउँपालिका ४ गोतामेडाँडामा पनि एक घर पहिरोमा पुरिँदा १६ वर्षीय विष्णुबहादुर दमाईको मृत्यु भएको छ ।
    यसैगरी पाल्पाको रम्भा गाउँपालिका–२ मा पहिरोले घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् ।

    प्रकाशित मिति :आश्विन ८, २०७७ बिहिवार - ०९:१६:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको