शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङ हेलिकोप्टर दुर्घटना अपडेटः

दुर्घटनामा घाइते भएका राईसहित पाइलट थापालाई हेलिकोप्टर मार्फत काठमाडौँ पठाइयो

दुर्घटनामा घाइते भएका राईसहित पाइलट थापालाई हेलिकोप्टर मार्फत काठमाडौँ पठाइयो

रोदिक खबर

४, चैत्र २०८२
  • 4.0K
    SHARES
  • दुर्घटनामा घाइते भएका राईसहित पाइलट थापालाई हेलिकोप्टर मार्फत काठमाडौँ पठाइयो

    फायल तस्विर

    ४ चैत, खोटाङ । खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो । बारीमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    सुरुमा बारीको डिलमा ल्याड भएको हेलिकप्टर उठाएर बीचमा लान खोज्दा दुर्घटना भएको बताइएको छ । काठमाण्डौबाट चार्टड गरी स्थानीय बागमनि राईको घरमा मरिमराउमा आएको हेलिकप्टरमा चालकसहित ६ जना सवार थिए ।

    हेलिकोप्टर राईकै बारीमा मध्यान्ह १२ बजेर २ मिनेटमा ल्याण्ड गर्ने क्रममा दुर्घट्ना हुँदा हेलिमा सवार ५० वर्षीय काजी बहादुर राई घाईते भएका छन्। घाईते राईको खुट्टामा चोट लागेको छ । अन्य ५ जना सकुशल रहेका छन् ।

    घाईते राई र हेलिकप्टरका पाइलट सविन थापालाई अर्को हेलिकप्टरबाट काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश बुढाथोकीले बताए ।

    प्रकाशित मिति :चैत्र ४, २०८२ बुधवार - १४:०६:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको