दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा

रोदिक खबर

१९, चैत्र २०८२
  • 4.0K
    SHARES
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ ।

    खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र नगरप्रमुख तीर्थराज भट्टराईले गमलामा पानी हालेर तथा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर नगरपालिकालाई बिहिबार पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरेका हुन् ।

    राष्ट्रिय खोप तालिका अनुसार नगरका १५ ओटै वडाका खोप लगाउने उमेर समूहका ३ सय ४७ जना बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको जनस्वास्थ्य निरिक्षक खेमराज आचार्यले जानकारी दिए । 

    प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको जनस्वास्थ्य निरिक्षक आचार्यले बताए ।

    यस्तै, नगरपालिकाभित्रका सबै बालबालिकाले खोप लगाएको सुनिश्चितता भएपछि स्वास्थ्य कार्यालय खोटाङले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेको हो । 

    यस्तै, आगामी वर्षमा पनि सबै बालबालिकालाई खोपको मात्रा पूरा गर्ने, कसैलाई नछुटाउने प्रतिबद्धतासहित हस्ताक्षर गरिएको छ । पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने दिक्तेल नगरपालिका जिल्लाकै पहिलो पालिका हो ।

    अरु बाकी रहेका ९ स्थानीय तहले घोषणा गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुल बहादुर पौडेलले बताए । खोटाङलाई २०७४ पुस १४ गते ३१ औं पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । ७४ पश्चात हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिदै आएको छ । 

    प्रकाशित मिति :चैत्र १९, २०८२ बिहिवार - १७:०१:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको