• ट्रेण्डिङ:

दुई महिनासम्म काम सुरु नगर्ने २६ निर्माण कम्पनीलाई सात दिने अल्टिमेटम

दुई महिनासम्म काम सुरु नगर्ने २६ निर्माण कम्पनीलाई सात दिने अल्टिमेटम

रोदिक खबर

२१, चैत्र २०८२
  • 2.6K
    SHARES
  • दुई महिनासम्म काम सुरु नगर्ने २६ निर्माण कम्पनीलाई सात दिने अल्टिमेटम

    खोटाङ । सम्झौता भएको दुई महिना बितिसक्दा पनि निर्माण कार्य सुरु नगर्ने २६ निर्माण कम्पनीलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम दिएको छ।

    पूर्वाधार विकास कार्यालय खोटाङले कार्यालयसँग ठेक्का सम्झौता गरेका विभिन्न योजनाका निर्माण कम्पनीहरूले तोकिएको समयमै काम सुरु नगरेपछि लिखित स्पष्टीकरण माग गरेको हो।

    निर्माण कम्पनीहरूलाई पत्र पठाउँदै सात दिनभित्र निर्माण कार्य किन सुरु नगरेको हो भन्ने कारणसहित स्पष्ट विवरण पेश गर्न निर्देशन दिइएको कार्यालयका प्रमुख इ. विनम दाहालले बताए।

    समयमै काम सुरु नभएमा वर्षा याम सुरु हुने र आर्थिक वर्षको अन्त्यतिर गरिने निर्माण कार्य गुणस्तरीय नहुने, योजना अधुरै रहने तथा विनियोजित बजेट समेत फ्रिज हुने जोखिम रहने कार्यालयले जनाएको छ।

    यसले स्थानीय उपभोक्ता तथा सर्वसाधारणले सास्ती भोग्नुपर्ने अवस्था आउने भन्दै कार्यालयले निर्माण कम्पनीहरूलाई तत्काल काम सुरु गर्न चेतावनी दिएको छ।

    कार्यालयबाट खटिएका प्राविधिक कर्मचारीको प्रत्यक्ष रेखदेखमा तोकिएको समयभित्र गुणस्तर र परिमाणअनुसार सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न पनि निर्देशन दिइएको छ।

    निर्धारित समयभित्र निर्माण कार्य सुरु नगरेमा अनावश्यक म्याद थप नदिइने र कानुन बमोजिम बैंक जमानत जफत गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने लेखा अधिकृत सिताराम राउतले बताए ।

    प्रकाशित मिति :चैत्र २१, २०८२ शनिवार - ०९:३९:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको