हलेसी तुवाचुङ नगरपालिकालाई ‘म्युनिसिपल एक्सीलेन्स अवार्ड’

हलेसी तुवाचुङ नगरपालिकालाई ‘म्युनिसिपल एक्सीलेन्स अवार्ड’

रोदिक खबर

२६, चैत्र २०८२
  • 1.8K
    SHARES
  • हलेसी तुवाचुङ नगरपालिकालाई ‘म्युनिसिपल एक्सीलेन्स अवार्ड’

    खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सीलेन्स अवार्ड’बाट सम्मानित भएको छ । आर्थिक वर्ष २०८१÷०८२ को समग्र मूल्याङ्कनमा संस्थागत विकास, सेवा प्रवाह, पारदर्शिता तथा वित्तीय सुशासनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै नगरपालिकाले ९० अंक प्राप्त गरेपछि नेपाल नगरपालिका संघको ३३ औँ स्थापना दिवसको अवसरमा नगरपालिकालाई अवार्ड प्रदान गरिएको हो ।

    राजधानीमा बिहीवार आयोजित कार्यक्रममा नगरप्रमुख विमला राईले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालबाट अवार्ड ग्रहण गरेकी हुन् । देशभरका नगरपालिकाहरूको कार्यसम्पादन मूल्याङ्कनका आधारमा प्रदान गरिएको उक्त सम्मानले हलेसी तुवाचुङ नगरपालिकालाई उत्कृष्ट स्थानीय तहका रूपमा स्थापित गरेको आयोजकले जनाएको छ ।

    संस्थागत सुदृढीकरण, पारदर्शी प्रशासन, वित्तीय अनुशासन तथा प्रभावकारी सेवा प्रवाहका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्दै नगरपालिकाले उत्कृष्ट अंक प्राप्त गरेको बताइएको छ । पछिल्लो समय नागरिकमैत्री सेवा प्रवाह, उत्तरदायित्वपूर्ण शासन प्रणाली र विकास व्यवस्थापनमा देखिएको सुधारले नगरपालिकालाई राष्ट्रिय स्तरमै उदाहरणीय स्थानीय तहको रूपमा स्थापित गर्न मद्दत पुगेको सरोकारवालाहरूको भनाइ छ ।

    पूर्वको पशुपतिनाथका रूपमा परिचित हलेसी मन्दिर अवस्थित यस नगरपालिकाले पर्यटन प्रवद्र्धनसँगै सुशासन, पारदर्शिता र संस्थागत क्षमता अभिवृद्धिमा केन्द्रित कार्यक्रमहरू अघि बढाउँदै आएको छ । यिनै प्रयासहरूको परिणामस्वरूप हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सीलेन्स अवार्ड’बाट सम्मानित हुन सफल भएको जनाइएको छ ।

    h1.jpg

    प्रकाशित मिति :चैत्र २६, २०८२ बिहिवार - २१:३७:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको