सप्तेश्वर छितापोखरीलाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा

सप्तेश्वर छितापोखरीलाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा

रोदिक खबर

२९, चैत्र २०८२
  • 2.2K
    SHARES
  • सप्तेश्वर छितापोखरीलाई  पूर्ण खोप सुनिश्चितता वडा घोषणा

    खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीलाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ।

    आइतबार आयोजित कार्यक्रममा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य निवर्तमान मन्त्री भूपेन्द्र राई, गाउँपालिका अध्यक्ष लोकेन्द्र राई लगायतले संयुक्त रूपमा वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरेका हुन् ।

    सप्तेश्वर छितापोखरी स्वास्थ्य चौकीका इन्चार्ज चन्द्रमाया राईका अनुसार वडामा रहेका सबै लक्षित बालबालिकाले नियमित खोप सेवा प्राप्त गरेपछि पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको हो।

    वडामा ० देखि १५ महिनासम्मका ३० जना र १६ देखि ५९ महिनासम्मका ९६ जना गरी १२६ जना बालबालिकाले आवश्यक खोप सेवा प्राप्त गरेका छन्।

    पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रमका वक्ताहरूले बालबालिकालाई विभिन्न संक्रामक रोगबाट सुरक्षित राख्न खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुनु सकारात्मक उपलब्धि भएको बताएका थिए ।

    उनीहरूले आगामी दिनमा पनि नियमित खोप कार्यक्रमलाई निरन्तरता दिँदै बालबालिकाको स्वास्थ्य सुरक्षामा सबैको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए।

    कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीयवासीको सहभागिता रहेको थियो। 

    प्रकाशित मिति :चैत्र २९, २०८२ आइतवार - २१:१०:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको