खोटाङ । खोटाङको दिक्तेलमा प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको छ। हाम्रो जीवनयोग प्रयोगशाला दिक्तेलको आयोजनामा दिक्तेलस्थित कर्ममन्दिरको प्राङ्गणमा १५ मिनेटको ध्यान–योग कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो।
आरोग्य र स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा ध्यान तथा योग अभ्यास गरेको हाम्रो जीवनयोग प्रयोगशाला दिक्तेलकी अध्यक्ष रेखा राईले जानकारी दिईन ।
उनले आगामी दिनमा पनि योग, ध्यान तथा आरोग्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरी समुदायमा स्वास्थ्यप्रति सकारात्मक सन्देश प्रवाह गर्ने योजना रहेको बताइन्।
कार्यक्रममा प्रशिक्षक जीवन आचार्यले ध्यान–योग अभ्यास गराएका थिए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेखा कडेलसहित जिल्लाका विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
नियमित योग र ध्यान अभ्यासले मानसिक शान्ति, शारीरिक स्वास्थ्य तथा सकारात्मक जीवनशैली विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
दिक्तेलको भवनगैरास्थित स्केटपार्कमा हरेक दिन बिहान ४:३० बजेदेखि ६ बजेसम्म नियमित योगसाधना ध्यान हुँदै आएको प्रशिक्षक मुगा श्रेष्ठले बताईन ।
