काठमाडौं । खोटाङ हलेसी सेवा समाज काठमाडौं लगायतका संस्थाले काठमाडौंमा आँखा शिबिर तथा बृहत रक्तदान कार्यक्रम गरेको छ ।
कान्तिपुर अस्पतालसँगको सहकार्यमा खोटाङ हलेसी सेवा समाज, लायन्स क्लव अफ काठमाडौं, न्यु ग्रिन सिटी/मिराकल सिटीको संयुक्त आयोजनामा बैशाख २६ गते आँखा शिबिर तथा बृहत रक्तदान कार्यक्रम गरिएको हो ।
अर्किड स्कुल काँडाघारी काठमाडौंमा आयोजना गरिएको शिविरमा ३५३ जनाको आँखा जाँच गर्नुका साथै १५१ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ । यस्तै, ५१ जनाले रक्तदान गरेको खोटाङ हलेसी सेवा समाज काठमाडौंका सचिव कुमारबाबु बस्नेतले जानकारी दिए ।
शिबिरमा खोटाङ तथा अन्यत्र जिल्लाका गरि करिब साँढे पाँच सयको उपस्थिति रहेको थियो । खोटाङ हलेसी सेवा समाजका अध्यक्ष इन्दा थापाको अध्यक्षतामा तथा नेत्ररोग विशेषज्ञ डा. छविरणम दाहालको प्रमुख आतिथ्यतामा शिबिर सञ्चालन गरिएको हो ।
खोटाङको रावाबेँसी गाउँपालिका–१ कुभिण्डेमा जन्मिएका दाहाल नेपाली सेनाको सहायक रथीबाट अवकाश प्राप्त डाक्टर हुन् ।