खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सुरु

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सुरु

रोदिक खबर

३, जेठ २०८३
  • 2.2K
    SHARES
  • खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सुरु

    खोटाङ । खोटाङमा बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सवको तेश्रो संस्करण सुरु भएको छ । ‘स्वस्थ र सभ्य समाज निर्माणका लागि खेलकुदको विकास गरौं’ भन्ने नारासहित तेश्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सुरु गरिएको हो । नेपाल खेलकुद प्रतिष्ठान, खोटाङको आयोजना तथा नेपाल कराते महासंघको व्यवस्थापनमा जेठ ३ गते सुरु भएको महोत्सव जेठ ९ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको पहिलो दिन एथ्लेटिक्सतर्फका विभिन्न विद्याका दौड प्रतियोगीता सञ्चालन गरिएको छ ।

    दौड प्रतियोगीतामा नातीदेखि बाजे, बच्चादेखि आमा, विद्यार्थीदेखि शिक्षकलाई सहभागी गराइएको छ । १५ वर्षमाथिको खुल्ला पुरुष १० किलोमिटर दौडमा ताप्लेजुङका अमिर लिम्बू प्रथम, खोटाङका गजेन्द्र राई दोश्रो र सोलुखुम्बुका रुद्रधन कुलुङ तेश्रो भएका छन् । यस्तै, १५ वर्षमाथिको खुल्ला महिला १० किलोमिटर दौडमा खोटाङको दिर्पा बस्नेत प्रथम, जानुका राउत दोश्रो र मनिता खड्का तेश्रो भएको नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले बताए ।

    यस्तै, १५ वर्षमुनिको छात्र ७ किलोमिटर दौडमा सम्पत राई प्रथम, न्यूजल राई दोश्रो र धिरज राई तेश्रो भएका छन् । १५ वर्षमुनिको छात्रा ७ किलोमिटर दौडमा अस्मिता कटुवाल प्रथम, लक्ष्मी राई दोश्रो र कविता आचार्य तेश्रो भएका छन् । १२ वर्षमुनिको छात्र ३ किलोमिटर दौडमा निशान केसी प्रथम, दर्शन राई दोश्रो र एन्जल राई तेश्रो भएका छन् ।

    १२ वर्षमुनिको छात्रा ३ किलोमिटर दौडमा मन्दीरा श्रेष्ठ प्रथम, एलिसा कटुवाल दोश्रो र रक्षा विक तेश्रो भएका छन् । १० वर्षमुनिको छात्र १ माइल दौडमा अनिल राई प्रथम, अजय श्रेष्ठ दोश्रो र रविसन खत्री तेश्रो भएका छन् । १० वर्षमुनिको छात्रा १ माइल दौडमा अपेक्षा राई प्रथम, यूना राई दोश्रो र श्रद्धा राई तेश्रो भएका छन । ३५ वर्षमाथिको ७ किलोमिटर दौडमा अनन्त राई प्रथम, बिमानसिं तामाङ दोश्रो र शिवप्रसाद राई तेश्रो भएका छन् । आमाहरुको ५ किलोमिटर दौडमा जमुना कटुवाल प्रथम, रोजना राई दोश्रो र भिमकुमारी आचार्य तेश्रो भएका छन् ।

    ५५ वर्षमाथिको २ किलोमिटर दौडमा धनिराम राई प्रथम, विचारी तामाङ दोश्रो र बुद्धबिर लामा तेश्रो भएका छन् । १५ वर्षमाथिको महिला तथा पुरुष दौडमा प्रथम, दोश्रो र तेश्रो हुने विजेताले क्रमशः १५ हजार, १० हजार र ७ हजारको साथमा ट्रफी र प्रमाण–पत्र पाएका छन् । ३५ वर्षमाथिको ७ किलोमिटर दौडका विजेताले पनि क्रमशः १५ हजार, १० हजार ७ हजार हात पारेका छन् ।

    यस्तै, आमाहरुको ५ किलोमिटर दौडका विजेतालाई क्रमशः ५ हजार ५५५, ४ हजार ४४४ र ३ हजार ३३३, ५५ वर्षमाथिको पुरुष २ किलोमिटर दौडका विजेतालाई क्रमशः ५ हजार ५००, ३ हजार ५०० र २ हजार ५०० प्रदान गरिएको छ । १२ वर्षदेखि १५ वर्षमुनिका छात्र÷छात्रा दौडका विजेताले क्रमशः ७ हजार ५००, ६ हजार ५०० र ५ हजार ५००, १२ वर्षमुनिको छात्र/छात्रा दौडका विजेताले क्रमशः ५ हजार, ३ हजार २ हजार तथा १० वर्षमुनिको छात्र/छात्रा दौडका विजेताले क्रमशः ३ हजार, २ हजार र १ हजार पाएका छन् ।

    विजेता खेलाडीलाई जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी रेखा कँडेल लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । महोत्सव उद्घाटनको अवसरमा खेलकुदतर्फ प्रभुराम राई, जनप्रतिनिधितर्फ वडाध्यक्ष दिनेश घिमिरे, शिक्षा तथा कला क्षेत्रतर्फ हेमबिक्रम राई, पत्रकारितातर्फ सविना अछामे र साहित्यतर्फ रविमान लम्जेललाई सम्मान गरिएको छ । महोत्सव अन्तरगत जेठ ६ र ७ गते गते जिल्ला समन्वय समितिको सभाहलमा खुल्ला राष्ट्रिय बुद्धिचाल प्रतियोगीता तथा जेठ ९ गते खुल्ला राष्ट्रिय साहित्य महोत्सव सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ३, २०८३ आइतवार - २१:०३:४५ बजे

    रोदिक खबर