दिप्रुङको तृतीयाभञ्याङमा खुल्ला अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

दिप्रुङको तृतीयाभञ्याङमा खुल्ला अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

रोदिक खबर

७, जेठ २०८३
  • 4.8K
    SHARES
  • दिप्रुङको तृतीयाभञ्याङमा खुल्ला अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता  हुने

    खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स. छितापोखरीमा खुल्लाअन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

    खेलकुद विकास समिति दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ को आयोजनामा तृतीयाभञ्याङमा २०८३ जेठ १५ गतेदेखि १८ गतेसम्म “खुल्ला अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको हो।

    गाउँस्तरमा खेलकुदको विकास र युवाहरूमा आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले भलिबल प्रतियोगिताको आयोजना गरिएको खेलकुद विकास समिति दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ का अध्यक्ष किरण राईले जानकारी दिए ।

    अध्यक्ष राईका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ५१ हजार १ सय ५१ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै, दोस्रो हुने टोलीले ३१ हजार १ सय ३१ तथा तेस्रो हुने टोलीले ११ हजार १ सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताका लागि दर्ता शुल्क ३ हजार ३ सय ३३ तोकिएको छ।

    प्रकाशित मिति :जेठ ७, २०८३ बिहिवार - ०७:४३:३९ बजे

    रोदिक खबर