भारतमा उपचाररत कठेतलाई उद्योग वाणिज्य संघ खोटाङद्वारा चार लाख १७ हजार ७६५ सहयोग

भारतमा उपचाररत कठेतलाई उद्योग वाणिज्य संघ खोटाङद्वारा चार लाख १७ हजार ७६५ सहयोग

रोदिक खबर

१३, जेठ २०८३
  • 1.2K
    SHARES
  • भारतमा उपचाररत कठेतलाई उद्योग वाणिज्य संघ खोटाङद्वारा  चार लाख १७ हजार ७६५ सहयोग

    खोटाङ, १२ जेठ । उद्योग बाणिज्य सङ्घ खोटाङले क्यान्सरबाट सिकिस्त बिरामी भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका सन्तोष कठेतलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । फोक्सोमा क्यान्सर भएपछि भारतको दिल्लीस्थित मेदान्त अस्पताल गएर उपचार गराइरहेका व्यवसायी कठेतलाई वाणिज्य सङ्घले चार लाख १७ हजार ७६५ सहयोग रकम जुटाएर प्रदान गरेको हो ।

    महङ्गो खर्चमा भारत पुगेर उपचार गराइरहेका व्यवसायी कठेतको उपचारमा सहयोग पु¥याउन दिक्तेल बजारका २५० जना व्यवसायीबाट रकम सङ्कलन गरिएको वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिए । वाणिज्य सङ्घले सङ्कलन गरेको नगद रकम मङ्गलबार दिक्तेलमा आयोजित कार्यक्रममा बिरामीका भाइ एवम् निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेतलाई हस्तान्तरण गरिएको छ ।

    उद्योग वाणिज्य सङ्घले आफ्नो साधारण सदस्यको जीवन रक्षाका लागि दिक्तेल बजारमा सोमबार र मङ्गलबार गरी करिब छ घण्टा ‘सन्तोष कठेत बचाऔँ अभियान’ सञ्चालन गरिएको अध्यक्ष आचार्यले जानकारी दिए। क्यान्सरका बिरामी कठेतको उपचारमा सघाउ पु¥याउन जिल्ला तथा जिल्ला बाहिरका व्यवसायीहरुले समेत आर्थिक सहयोग उपलब्ध गराउने वचन दिएको वाणिज्य सङ्घले जनाएको छ ।

    गत माघदेखि सामान्य बिरामी पर्नुभएका ४४ वर्षीय कठेतलाई पहिलो साता वैशाखमा क्यान्सर रोग पहिचान भएको पारिवारिक स्रोतले जनाएको छ । नेपालका विभिन्न अस्पतालमा उपचार गराउँदा ठीक नभएपछि भारतको दिल्लीमा परीक्षण गराउँदा दाजुलाई क्यान्सर पहिचान भएको भाइ दिनेशले जानकारी दिए । क्यान्सर पहिचार भएको केही दिनपछि गत वैशाख–२६ गतेदेखि भारतमा गएर उपचार गराइरहनुभएका कठेतको श्रीमती र दुई छोरा छन् ।

    जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा १४ वर्षदेखि किराना पसल गर्दै आएका कठेत क्यान्सरको रोगी भएपछि परिवारको बिचल्ली भएको छिमेकीहरुले बताएका छन् । सानै उमेरका दुई छोरालाई आफन्तकामा छाडेर श्रीमतीसहित उपचारमा भारत जन्मिएका व्यवसायी कठेतले सामाजिक सञ्जाल फेसबुक च्याटमा आफू ठीक हुने बताउँदै सहयोग गर्न सबै व्यवसायीलाई आग्रह गरेको वाणिज्य सङ्घका अध्यक्ष आचार्यले जानकारी दिए । क्यान्सर पीडित कठेतको उपचारमा सहयोग गर्न मौखिक रुपमा अपिल गरिएकामा केही दिनपछि लिखित रुपमा पत्राचार गरेर जिल्लाका सबै व्यवसायीहरुलाई अनुरोध गरिने उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

    प्रकाशित मिति :जेठ १३, २०८३ बुधवार - ०९:३१:३३ बजे

    रोदिक खबर