काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार चार सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार चार सय ९७ जनामा कोरोना संक्रमण भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई ४५७ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म ५० हजार ४११ जना कोरोनामुक्त भएका छन् ।