कृषि, शिक्षा र स्वास्थ्यलाई जोड दिँदै केपिलासगढीले ल्यायो ४७ करोड ५१ लाखको बजेट

कृषि, शिक्षा र स्वास्थ्यलाई जोड दिँदै केपिलासगढीले ल्यायो ४७ करोड ५१ लाखको बजेट

रोदिक खबर

९, आषाढ २०८३
  • 729
    SHARES
  • कृषि, शिक्षा र स्वास्थ्यलाई जोड दिँदै केपिलासगढीले ल्यायो ४७ करोड ५१ लाखको बजेट

    खोटाङको केपिलासगढी गाउँपालिकाले ४७ करोड ५१ लाख ५ हजार १७० रुपैयाँ बजेट ल्याएको छ। गाउँपालिकाको सभाहलमा मंगलबार भएको १९ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष गुरुराज राईले आर्थिक वर्ष २०८३र०८४ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन्। बिनियोजित कूल बजेटबाट पूंजिगत खर्चलाई १७ करोड १२ लाख ५१ हजार र चालू खर्चलाई ३० करोड ३८ लाख ५४ हजार १७० रुपैयाँ बिनियोजन गरिएको छ।

    क्षेत्रगततर्फ आर्थिक विकासलाई ६ करोड १ लाख २६ हजार ८६०, सामाजिक विकासतर्फ २२ करोड ७५ लाख ६२ हजार ५००, पूर्वाधार विकासतर्फ ९ करोड १५ लाख ८० हजार ६१५, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रलाई ८९ लाख ५० हजार ५०० र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ८ करोड ६८ लाख ८४ हजार ६९५ रुपैयाँ बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिए।

    गाउँपालिकाले शिक्षालाई मात्र १६ करोड ८५ लाख ६८ हजार ५१०, कृषिमा ४ करोड ३७ लाख ५१ हजार ६४०, स्वास्थ्यमा ३ करोड ५६ लाख ८५ हजार ६६८, खानेपानीलाई २ करोड ९१ लाख १२ हजार ५००, पर्यटनमा १ करोड ६१ लाख ११ हजार, सिंचाईमा १० लाख ५० हजार र विपद व्यवस्थापन कोषमा १० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ। शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिंदै बजेट बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताए।

    प्रकाशित मिति :आषाढ ९, २०८३ मंगलवार - २१:०३:०४ बजे

    रोदिक खबर