खुकुरी प्रहार गरि खोटाङमा एकको हत्या

खुकुरी प्रहार गरि खोटाङमा एकको हत्या

रोदिक खबर

२५, आषाढ २०८३
  • 3.7K
    SHARES
  • खुकुरी प्रहार गरि खोटाङमा एकको हत्या

    खोटाङ। खुकुरी प्रहारबाट खोटाङमा एकको हत्या गरिएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१, मोरिया याम्खाका ५३ वर्षीय तिलकबहादुर मुग्रातीले खुकुरी प्रहार गरी ३५ वर्षीय धुर्ब अधिकारीकाे हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    बिहीबार दिउँसो १२ बजेतिर अधिकारी मुग्रातीको घरमा काम गरेको ज्याला माग्न गएका बेला टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेकाे प्रहरीको भनाइ छ ।

    टाउकोमा लागेको गम्भीर चोटका कारण अधिकारीको घटनास्थलमै मृत्यु भएको जनाएको छ। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक बिकल न्यौपानेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा संलग्न आरोपित मुग्रातीलाई नियन्त्रणमा लिएको छ।

    प्रहरीका अनुसार घटनामा प्रयोग भएको खुकुरी र मृतकको शव घटनास्थलमै सुरक्षित राखिएको छ। घटनास्थलको मुचुल्का, प्रमाण संकलन तथा अन्य कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट प्रहरी निरीक्षक निराजन बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको जनाइएको छ।

    घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

    प्रकाशित मिति :आषाढ २५, २०८३ बिहिवार - १५:१०:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको