शुक्रवार, भाद्र २६ गते २०८३

खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा खोटाङमा थप दुई जना पक्राउ

खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा खोटाङमा थप दुई जना पक्राउ

रोदिक खबर

२६, आषाढ २०८३
  • 2.2K
    SHARES
  • खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा   खोटाङमा थप दुई  जना पक्राउ

    खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा खोटाङमा थप दुई जना पक्राउ परेका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ मोहरिया याम्खामा मजदुरी गरेको पारिश्रमिक माग्न गएका ३८ वर्षीय धुर्व अधिकारी माथि बिहीबार धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरिएको थियो ।

    प्रहरीले शुक्रबार थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५२ वर्षीया भोटीमाया सार्की र २२ वर्षीया सिता सार्की रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिए।

    बिहीबार दिउँसो स्थानीय ५७ वर्षीय तिलकबहादुर सार्कीको घरमा मजदुरी गरेको पारिश्रमिक माग्न गएका अधिकारी माथि धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरिएको थियो ।

    घटनाका मुख्य आरोपी तिलकबहादुरलाई भने घटनास्थलमा प्रयोग गरिएको खुकुरी सहित बिहीबार नै पक्राउ गरिएको प्रहरीले जनाएको छ। अधिकारीको टाउकोसहित शरीरका विभिन्न भागमा खुकुरी प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको थियो ।

    घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो। मृतक अधिकारीको शव जिल्ला अस्पताल दिक्तेलमा पोस्टमार्टमपछि शुक्रबार आफन्तलाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ।

    घटनाका आरोपीहरूलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :आषाढ २६, २०८३ शुक्रवार - २२:१४:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको