शुक्रवार, भाद्र २६ गते २०८३

  • ट्रेण्डिङ:

३४१ विदेशीसहित ४०३ पर्यटक र पदयात्री बेपत्ता, कुन देशका कति ?

३४१ विदेशीसहित ४०३ पर्यटक र पदयात्री बेपत्ता, कुन देशका कति ?

रोदिक खबर

११, भाद्र २०८३
  • 1.1K
    SHARES
  • ३४१ विदेशीसहित ४०३ पर्यटक र पदयात्री बेपत्ता, कुन देशका कति ?

    काठमाडौं : रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको अचानकको लेदो बाढीका कारण ४०३ जना पर्यटक तथा पदयात्रीहरू सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेहरूमा ३ सय ४१ जना विदेशी नागरिक र ६२ जना नेपाली पदयात्री तथा सहयोगी छन्।

    बेपत्ता हुनेहरूमा २ सय ३ जना पुरुष र २ सय जना महिला छन्। बेपत्ता हुने विदेशीहरूमा सबैभन्दा बढी भारतका १ सय ३३ जना, अमेरिकाका ४७ जना, अस्ट्रेलियाका ३४ जना, बेलायतका ३३ जना र अन्य २४ देशका ९४ जना नागरिक छन्।

    प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएकाले उद्धार टोलीले खोजी तथा भौतिक अवस्था पुष्टि गर्ने काम तीव्र पारेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र पर्यटक प्रहरीको संयुक्त टोली उद्धारमा परिचालन भइसकेका छन्।

    पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार एजेन्सीहरूबाट प्राप्त सूचीका आधारमा थप ६५ जना (५२ विदेशी र १३ नेपाली) समेत सम्पर्कविहीन भएको प्रारम्भिक रिपोर्ट आएकाले बेपत्ताको संख्या अझै बढ्न सक्ने अनुमान छ।

    यसैबीच, मानसरोवर जाने मुख्य नाका रसुवागढी क्षेत्रमा आएको यस विपत्ति र ठूलो संख्यामा पर्यटक बेपत्ता भएको विषयलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू एएनआई, टाइम्स अफ इन्डिया र सिन्ह्वाले प्राथमिकताका साथ सम्प्रेषण गरेका छन्।

    काठमाडौंस्थित भारतीय दूतावासले आफ्ना नागरिकको सहजताका लागि आपत्कालीन हेल्पडेस्क स्थापना गरेको छ।

    सम्पर्कविहीन

    भारत — १३३ जना

    नेपाल — ६२ जना

    अमेरिका — ४७ जना

    अस्ट्रेलिया — ३४ जना

    बेलायत — ३३ जना

    क्यानडा — २४ जना

    मलेसिया — १९ जना

    युक्रेन — ७ जना

    सिंगापुर — ६ जना

    दक्षिण अफ्रिका — ६ जना

    न्युजिल्यान्ड — ५ जना

    जापान — ५ जना

    जर्मनी — ४ जना

    फ्रान्स — ३ जना

    आयरल्यान्ड — २ जना

    नेदरल्यान्ड्स — २ जना

    रूस — २ जना

    स्पेन — २ जना

    बेलारूस — १ जना

    फिनल्यान्ड — १ जना

    हंगेरी — १ जना

    इजरायल — १ जना

    लिथुआनिया — १ जना

    पोर्चुगल — १ जना

    फिलिपिन्स — १ जना

    प्रकाशित मिति :भाद्र ११, २०८३ बिहिवार - ०७:१९:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको