खोटाङ । नेपाल निर्माण व्यवसायी संघ, खोटाङको छैठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा सर्वसहमत २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा उमेश राई, द्वितीय उपाध्यक्षमा जोसेफ रिजाल, तृतीय उपाध्यक्षमा जितेन राई चयन भएका छन्। त्यस्तै महासचिवमा दिलचक राई, सचिवमा सुदीप ढकाल र सविन राई (विज्ञान), कोषाध्यक्षमा दिवासन राई र सह-कोषाध्यक्षमा मैया आचार्य चयन भएका छन्।
यस्तै, सदस्यहरूमा प्रविन आचार्य, भुवन आचार्य, भैरवकाजी वास्नेत, यादवसेन राई, मनोज राई, नरेन्द्र ढकाल, युवक राई, उद्धव राई, पवनकुमार ओझा, सुभास तिलुङ राई, पौराणिक सुवेदी, शरद राई, सन्तोष राई, शिवकुमार राई र राजाराम यादव रहेको निर्वाचन समितिले जनाएको छ।