मंगलवार, कार्तिक ११ गते २०८३

जिल्ला हुलाक कार्यालय खोटाङद्वारा बिरामीलाई फलफूल वितरण

जिल्ला हुलाक कार्यालय खोटाङद्वारा बिरामीलाई फलफूल वितरण

रोदिक खबर

२३, आश्विन २०८३
  • 1.1K
    SHARES
  • जिल्ला हुलाक कार्यालय खोटाङद्वारा बिरामीलाई फलफूल वितरण

    खोटाङ । जिल्ला हुलाक कार्यालय खोटाङले जिल्ला अस्पताल दिक्तेलमा उपचाररत १३ जना बिरामीलाई फलफूल वितरण गरेको छ।

    १५२औँ विश्व हुलाक दिवसको अवसरमा शुक्रबार अस्पतालमा पुगेर बिरामीलाई फलफूल वितरण गरिएको जिल्ला हुलाक कार्यालयका खरिदार शम्भु तामाङले जानकारी दिए। बिरामीको स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण गरिएको उनले बताए।

    विश्व हुलाक दिवसलाई सेवामूलक तथा सामाजिक गतिविधिमार्फत मनाउने उद्देश्यले गरिएको यस कार्यले बिरामीलाई केही राहत पुग्नुका साथै मानवीय सेवाको भावना प्रवर्द्धन हुने जनाइएको छ।

    प्रकाशित मिति :आश्विन २३, २०८३ शुक्रवार - १६:३८:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको