काठमाडौं । ललितपुरमा थप दुई पुरुष र एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मेघा अस्पतालमा ६ गते भर्ना भएकी ७० वर्षीय ललितपुरकी महिलाको ८ गते मृत्यु भएको हो।
सोही अस्पतालमै उपचारत ५ गते भर्ना भएका भक्तपुरका ७३ वर्षीय पुरुषको पनि ८ गते मृत्यु भएको छ।
यस्तै, ललितपुरका ७२ वर्षीय पुरुषको बयोधा अस्पतालमा ७ गते भर्ना भएका संक्रमितको सोही दिन मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।