नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा सबै पुरुष रहेका छन् ।
कुल संक्रमितमध्ये आजसम्म आजसम्म ० दशमलव ६५ प्रतिशत हो । पछिल्लो समय नेपालमा कोरोना संक्रमित र मृतकको संख्या बढिरहेको छ ।nबितेको २४ घण्टामा नेपालमा थप १ हजार २०७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार १९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनासहित देशभर ४११ महिला र ७९६० जना पुरुष संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।