• ट्रेण्डिङ:

थप एक सैनिकको कोरोनाबाट मृत्यु

थप एक सैनिकको कोरोनाबाट मृत्यु

रोदिक खबर

१०, आश्विन २०७७
  • 3.7K
    SHARES
  • थप एक सैनिकको कोरोनाबाट मृत्यु


    नेपाली सेनाका अर्का एक जवानको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत ती जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
    निज जवानलाई यही असोज ६ गते लक्षण देखिएपछि आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरी उपचार  गरिएकोमा त्यही निजको मृत्यु भएको जानकारी दिइएको छ । उनको पछिल्लो स्वाश परीक्षणमा कोभिड–१९ पोजेटिभ पुष्टि भएको थियो । 

    यो घटनासँगै कोरोनाकारणबाट मृत्यु हुने सैनिकको  सङ्ख्या दुई पुगेको छ । सेनामा कोरोना सङ्क्रमितको सङ्ख्या  दुई हजार १९७ रहेकामा निको हुने ५३९ छन्  । सेनामा हाल कोरोना सक्रिय सङ्क्रमित एक हजार ६५६ रहेको प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

    प्रकाशित मिति :आश्विन १०, २०७७ शनिवार - २०:५९:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको