शुक्रवार, भाद्र २६ गते २०८३

मन्त्री हेरफेर गर्ने चर्चाबीच मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

मन्त्री हेरफेर गर्ने चर्चाबीच मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

रोदिक खबर

११, आश्विन २०७७
  • 4.0K
    SHARES
  • मन्त्री हेरफेर गर्ने चर्चाबीच मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


    काठमाडौं । मन्त्री हेरफेर गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज  (आइतबार) मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

    मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने प्रचलन भएपनि प्रधानमन्त्रीले आज आकस्मिक रुपमा बैठक बोलाएका हुन्। बैठक मध्यान्ह १२ बजे बालुवाटारमा बस्ने भएको छ। आइतबार मन्त्रिपरिषद् बैठक बस्ने गरी शनिबार राति अबेर मन्त्रीहरुलाई सूचित गरिएको थियो। 

    मन्त्रिपरिषद् एक दुई दिनभित्रै पुनर्गठन गर्ने विषयमा नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेका बेला मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ।

    प्रकाशित मिति :आश्विन ११, २०७७ आइतवार - ०९:२०:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको