शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई जना पक्राउ

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई जना पक्राउ

रोदिक खबर

११, आश्विन २०७७
  • 4.1K
    SHARES
  • भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई जना पक्राउ

    कञ्चनपुर । प्रहरीले अबैधरुपमा भित्रिएको करिव आधा किलो सुन सहित दुई जनालाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय त्रिभुबनबस्ती कञ्चनपुरको संयुक्त टोलीले शनिवार करिब आधा किलो सुन सहित दुई जनालाई समातेको हो।

    पक्राउ पर्नेहरूमा डोटी केआई सिह गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेल रहेका छन्। उनीहरूको साथबाट प्रहरीले ४ सय ४० ग्राम सुन फेला पारेको हो।

    कञ्चनपुर पुनर्बास नगरपालिका वडा नम्बर ११ डोकेबजार स्थित सीमा नाका क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूमाथि शङ्का लागेर चेक गर्दा तयारी सुनका गरगहना सहित प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले बरामद गरेको सुनको मूल्य अहिलेको बजार मूल्य ३५ लाख रुपैयाँ भन्दा बढी पर्छ।

     

    प्रकाशित मिति :आश्विन ११, २०७७ आइतवार - १०:१०:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको