• ट्रेण्डिङ:

कोरोना सङ्क्रणमबाट नेपालगञ्जमा एक कर्मचारीको मृत्यु

कोरोना सङ्क्रणमबाट नेपालगञ्जमा एक कर्मचारीको मृत्यु

रोदिक खबर

११, आश्विन २०७७
  • 2.2K
    SHARES
  • कोरोना सङ्क्रणमबाट नेपालगञ्जमा एक कर्मचारीको मृत्यु

    बाँके । कोरोना सङ्क्रणमबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँ निवासी ४७ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

    अस्पतालका अनुसार मधुमेहको समस्या रहेका ती पुरुषको गत भदौ २९ गते स्वाब लिएर कोरोना परीक्षण गरिएको थियो । भदौ ३१ गते उनमा कोरोना पुष्टि भएको थियो ।

    दुवैतिरको फोक्सोमा निमोनिया र मधुमेहको समस्या देखिएपछि उनीलाई भदौ ३१ गते शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसोलेशन वार्डमा भर्ना गरिएको थियो । 

    बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ । मृतकको शव व्यवस्थापनका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले समन्वय र तयारी गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

    प्रकाशित मिति :आश्विन ११, २०७७ आइतवार - १५:१४:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको