• ट्रेण्डिङ:

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना पुष्टि

रोदिक खबर

११, आश्विन २०७७
  • 3.1K
    SHARES
  • नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना पुष्टि

    काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ। 

    स्वास्थ्य मन्त्रालयका  अनुसार आइतबार ८ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ।

    पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या १९ हजार १९  रहेको छ। यस्तै ६ हजार २ सय ८१ जना क्वारेन्टिनमा रहेका छन्।

    प्रकाशित मिति :आश्विन ११, २०७७ आइतवार - १६:५९:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको