शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

शैंलुन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै ज्ञापनपत्र

शैंलुन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै ज्ञापनपत्र

रोदिक खबर

११, आश्विन २०७७
  • 1.6K
    SHARES
  • शैंलुन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै ज्ञापनपत्र

    खोटाङ । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै खोटाङका शैंलून सञ्चालकहरूले जिल्ला प्रशासन कार्याय खोटाङमा ज्ञापनपत्र बुझाएका छन् ।

    कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि ६ महिनादेखि आफ्नो व्यवसाय बन्द रहँदा आफूह? समस्या परेको भन्दै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई आइतवार ज्ञापनपत्र बुझाएका हुन् ।


    सरकारले बन्दाबन्दी अन्त्यको घोषणा गरेपनि शैलून, ब्युटिपार्लर, मसाजलगायतका व्यवसाय पुनः सञ्चालन गर्न दिएको छैन । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि ६ महिनादेखि शैंलुन व्यवसाय बन्द रहेका छन् ।

    यही व्यवसायमा आश्रित परिवार रोगले होइन भोकले मर्ने अवस्था आएको शैंलुन व्यवसायी सन्तोष ठाकुरले बताए । कोरोना भाइरस महामारीका कारण लामो समयदेखि व्यवसाय बन्द हुँदा भोकै बस्न परिरहेकोले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने उनीहरूको माग छ । 

    प्रकाशित मिति :आश्विन ११, २०७७ आइतवार - १७:२८:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको