खोटाङ । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै खोटाङका शैंलून सञ्चालकहरूले जिल्ला प्रशासन कार्याय खोटाङमा ज्ञापनपत्र बुझाएका छन् ।
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि ६ महिनादेखि आफ्नो व्यवसाय बन्द रहँदा आफूह? समस्या परेको भन्दै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई आइतवार ज्ञापनपत्र बुझाएका हुन् ।
सरकारले बन्दाबन्दी अन्त्यको घोषणा गरेपनि शैलून, ब्युटिपार्लर, मसाजलगायतका व्यवसाय पुनः सञ्चालन गर्न दिएको छैन । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि ६ महिनादेखि शैंलुन व्यवसाय बन्द रहेका छन् ।
यही व्यवसायमा आश्रित परिवार रोगले होइन भोकले मर्ने अवस्था आएको शैंलुन व्यवसायी सन्तोष ठाकुरले बताए । कोरोना भाइरस महामारीका कारण लामो समयदेखि व्यवसाय बन्द हुँदा भोकै बस्न परिरहेकोले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने उनीहरूको माग छ ।