• ट्रेण्डिङ:

नेपालमा थपिए १ हजार ३५१ जना कोरोना संक्रमित

नेपालमा थपिए १ हजार ३५१ जना कोरोना संक्रमित

रोदिक खबर

१२, आश्विन २०७७
  • 2.1K
    SHARES
  • नेपालमा थपिए १ हजार ३५१ जना कोरोना संक्रमित

    काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ८० नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनासहित देशभर ४३६ महिला र ९१५ जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

    यस्तै बितेको २४ घण्टामा थप ७४२ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । यो कुल संक्रमितको ७३.१ प्रतिशत हो ।

    यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १९ हजार ६२४ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १० हजार ९२९ जना र संस्थागत आईसोलेसनमा ८ हजार ६९५ जना छन् । तिमध्ये २२५ जना संक्रमितको आईसियु र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    प्रकाशित मिति :आश्विन १२, २०७७ सोमवार - १६:३५:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको