• ट्रेण्डिङ:

हेर्नुहोस् २०७७ साल असोज १३ गते मंगलवारको राशिफल । हलेसी महादेवले सबैको कल्याण गरुन ।

हेर्नुहोस् २०७७ साल असोज १३ गते मंगलवारको राशिफल । हलेसी महादेवले सबैको कल्याण गरुन ।

रोदिक खबर

१३, आश्विन २०७७
  • 2.8K
    SHARES
  • हेर्नुहोस् २०७७ साल असोज १३ गते मंगलवारको राशिफल । हलेसी महादेवले सबैको कल्याण गरुन ।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    व्यापार व्यवसायबाट मनग्ने आम्दानी हुनेछ भने आम्दानीका नयाँनयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेको छ । भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्वन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेको छ । अध्यनमा प्रगती हुनेछ भने विद्यार्थी वर्गका लागि आजको दिन फलदायी रहनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    सरकारी तथा प्रशासनिक काम गर्दा झन्झट व्यहोर्नु पर्नेछ भने सरकारी ओहोदामा बसेर सेवा प्रवाह गर्नेहरुले दुख दिन सक्छन् । पढ्न लेख्नमा मन नजाने हुनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेको छ । पारिवारिक सम्बन्धमा चिसोपनको महशुस हुुनेछ भने आफन्तहरु टाडिने हुदा मन खिन्न रहनेछ । तर पनि व्यापारमा लगानी गरि आम्दानी बढाउन सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाईकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा रुची बढ्नेछ । सानो पैसाबाट शुरु गरीएको लगानी फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    व्यक्तिगत स्वास्थ्य तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग गर्दा बिशेष सावधानी अपनाउनु होला । आलश्य तथा थकानको अनुभुति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ । अध्ययनमा अलि बढी नै समय खर्चदा मात्र नतिजा हात पार्न सकिनेछ । प्रेममा धोका हुनसक्छ ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    जीवन साथीको सहयोगले राम्रा तथा उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने व्यापारकै शिलशीलामा लामो दुरिको यात्रा हुनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजिमुलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारी साधन तथा विलाशी सामान हात लागी हुने योग रहेको छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    पुराना रोग पुनः बल्झिनाले स्वास्थ्यमा समस्या आउन सक्छ । विद्या तथा प्रतिस्पर्धामा आजको दिन समय मध्यम रहेकोले प्रतिस्पर्धी हरु नै हाबी हुनेछन् । अदालती निर्णयहरु तपाईको पक्षमा आउने छैनन् । प्रणय सम्बन्धमा सामान्य शंकाले केही समयको लागि टाडिनु पर्ने बाध्यता आउनेछ । आफन्त,मामा तथा मावली पक्षसँग राय बाजिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    पढाई लेखाईमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने बिभिन्न वस्तु तथा उपहार प्राप्त हुनेछ । व्यवसायकै सवालमा रमाईलो यात्रा गर्न सकिनेछ । आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउँनेछ । वौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाईको प्रश्तुतिले सबैको मन आकर्षित गर्नेछ ।

    वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोला केहि समय पर्खनु नै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनीति तथा समाजसेवी हरुका लागि समय मध्यम रहेको छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    न्यायालयसँग सम्बन्धीत कामहरु धाती राख्नुहोला । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भाग लिने अवसर आएपनि भनेजस्तो नतिजा निकाल्न मुस्किल पर्नेछ । बन्धुबान्धब हरुसँग मनमुटाव सिर्जना हुनेछ भने सैद्धान्तिक राय बाजिनेछ । समय मध्यम रहेकोले चोटपटक लाग्ने तथा स्वास्थ्यमा समस्या देखापर्नेछ । पढ्ने लेख्ने काममा मन नजानाले अरुभन्दा पछि परिनछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने वौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । व्यापार व्यवसायबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडी हरुका लागि समय उत्तम रहेकोछ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    पुराना कमिकमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । माया प्रेममा रमाईलो गर्दै समय व्यतित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । राजनीतिज्ञको लागि समय राम्रो रहेको छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    व्यापारमा मन्दी आउने तथा उधारो लानेहरुको संख्या बढ्नेछ । स्वदेशी सामानको व्यापारमा कमी आएपनि विदेशमा उत्पादन भएका सामानको व्यापार बढ्नेछ । पढाई लेखाईमा मन जाने छैन भने नतिजा अरु तिरै जानेछ । प्रेममा धोका तथा अविस्वास बढ्ने योग रहेको छ । काम तथा अवसरको खोजीमा दौडनु पर्नेछ ।

    तपाईको दिन शुभ रहोस् ।
    ज्योतिषी दुर्गा भण्डारी ।

    प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - ०६:५७:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको