बलात्कारमा हजुरबुवादेखि छिमेकीसम्म संलग्न

बलात्कारमा हजुरबुवादेखि छिमेकीसम्म संलग्न

रोदिक खबर

१३, आश्विन २०७७
  • 3.3K
    SHARES
  • बलात्कारमा हजुरबुवादेखि छिमेकीसम्म संलग्न

    काठमाडौं । बलात्कारका घटनामा घरभित्रकै हाडनाता पर्ने व्यक्ति, आफन्तदेखि छिमेकी र चिनेजानेका व्यक्ति बढी संलग्न हुने गरेको पाइएको छ ।

    नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको तथ्यांकले हजुरबुवादेखि बुवा/झट्केलो बुवा, ससुरा, काका /मामा/ ठूलोबुवा, चिनजानका व्यक्ति र छिमेकीसहित पारपाचुके भइसकेका श्रीमान् र अपरिचित व्यक्तिबाट समेत महिलाहरू असुरक्षित रहेको देखाएको हो ।

    आर्थिक वर्ष २०७६/७७ को तथ्यांकअनुसार सो आर्थिक वर्षमा देशभर २ हजार ४ सय ४९ वटा घटना भएकामा चिनेजानेका व्यक्तिबाटै ९ सय १५ अर्थात् सबैभन्दा बढी बलात्कारका घटना भएको छ ।

    गत आर्थिक वर्षमै घरमालिकबाट ३, केटासाथीबाट ९३, भिनाजुबाट ५, शिक्षकबाट ४५, पारपाचुके भएका श्रीमानबाट २८, नचिनेका व्यक्तिहरूबाट ४ सय ९७ र नखुलेका व्यक्तिबाट ५ वटा घटना भएका छन् ।

    यसैगरी, छिमेकीबाट सो आर्थिक वर्षमा ६ सय ७२ र नचिनेका व्यक्तिबाट ४ सय ९७ वटा बलात्कारका घटना भएका छन् ।
    यसैगरी, हजुरबुवाबाट ६, बुवा/झट्केलो बुवाबाट ४७, ससुराबाट ८, आमा/छोराबीच ३, काका/मामा/ठूलो बुवाबाट ४१, दाजुभाइ/काका/ठूलोबुवा र मामाका छोराबाट ३२, देवर/जेठाजुबाट १३ तथा श्रीमान्बाटै २६ वटा बलात्कारका घटना भएको तथ्यांकले देखाउँछ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले आफन्तबाट बढी सुरक्षित भइने विश्वास, घरभित्रका कुरा बाहिर नजाने भन्ने मानसिकता, आर्थिक प्रलोभनलगायतका कारणबाट घटना भएको पाइएको बताए ।  आजको राजधानी दैनिकमा यो समाचार महेश्वर गौतमले लेखेका छन् ।  

    प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - ०७:१७:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको