• ट्रेण्डिङ:

१५१३ मा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए संक्रमित ?

१५१३ मा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए संक्रमित ?

रोदिक खबर

१३, आश्विन २०७७
  • 2.2K
    SHARES
  • १५१३ मा कोरोना संक्रमण पुष्टि, कहाँ कति थपिए संक्रमित ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १० हजार ८९१ नमुना परीक्षण गर्दा ५५६ महिला र ९५७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । उनीहरुमध्ये ४९१ जनाको मृत्यु भएको छ भने ५५ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७३१ जना संक्रमणमुक्त भएका छन् ।

    देशभर २० हजार ३९६ संक्रिय संक्रमित छन् । १० हजार ७०७ संक्रमित होम आइसोलेसनमा छन् भने ९ हजार ६८९ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २१३ को आईसीयू र ३४ जना भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    कहाँ कति थपिए संक्रमित ?

    काठमाडौं उपत्यकामा ९३४ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ७४७ जना, ललितपुरका ११४ र भत्तपुरका ७३ जना छन् ।

    यस्तै मोरङका १०१ जना, रुपन्देहीका ९५, चितवनका ६२, बाँकेका ४१, सुनसरीका ३२, कैलालीका २७, पर्साका २३, बर्दियाका १९, कपिलवस्तुका १८, कास्कीका १६, नवलपुरका १५, काभ्रेका १३, दाङका ११ र धनुषाका १० जनामा संक्रमण पुष्टि भएको छ ।

    झापाका ९ जना, सिराहा र कञ्चनपुरका ८/८ जना, वैतडीका ७ जना, सर्लाही, मकवानपुर र पाल्पाका ६/६ जना, सप्तरी र नवलपरासीका ५/५ जना, बारा, धादिङ र नुवाकोटका ४/४ जना, सिन्धुलीका ३, उदयपुर, तेह्रथुम, महोत्तरी, गोरखा, स्याङ्जा र गल्मीका २/२ जना तथा इलाम, ओखलढुंगा, भोजपुर, रामेछाप, सिन्धुपाल्चोक, रोल्पा, रुकुम पश्चिम, डडेलधुरा र डोटीका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - १८:०१:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको