काठमाडौं । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको भने थप १५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुका अनुसार काठमाडौंका तीन, बाँकेका दुई तथा मोरङ, सर्लाही र पर्साका एकएक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४९३ पुगेको छ ।