• ट्रेण्डिङ:

पछिल्लो २४ घण्टा थप १ हजार ५ सय ५९ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टा थप १ हजार ५ सय ५९ जना कोरोना संक्रमित थपिए

रोदिक खबर

१४, आश्विन २०७७
  • 3.4K
    SHARES
  • पछिल्लो २४ घण्टा थप १ हजार ५ सय ५९ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा थप १ हजार ५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७७ हजार ८ सय १७ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ। 

    पछिल्लो २४ घण्टामा १२ हजार २ सय ५  जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २० हजार ८ सय ९१ जना संक्रिय संक्रमित रहेका छन् भने ५ हजार ४ सय २८ जना क्वारेन्टिनमा छन्।

    प्रकाशित मिति :आश्विन १४, २०७७ बुधवार - १६:५४:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको