• ट्रेण्डिङ:

कोभिड अस्पताल धरानमा कुनै दीर्घ रोग नभएका एक कोरोना संक्रमित पुरुषको मृत्यु

कोभिड अस्पताल धरानमा कुनै दीर्घ रोग नभएका एक कोरोना संक्रमित पुरुषको मृत्यु

रोदिक खबर

१५, आश्विन २०७७
  • 2.0K
    SHARES
  • कोभिड अस्पताल धरानमा कुनै दीर्घ रोग नभएका एक कोरोना संक्रमित पुरुषको मृत्यु

    धरान ।  धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सुनसरी जिल्लाको इटहरी–६ का ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । 

    विराट मेडिकल कलेज विराटनगरबाट कोरोना संक्रमण पुष्टि भएको र उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाई भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि ल्याइएको र गम्भीर अवस्थामा रहेका उक्त संक्रमितको उपचारका क्रममा बुधबार राति ९ः३० बजे मृत्यु भएको प्रवक्ता डा. सापकोटाले बताए । 

     

    प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ०८:३४:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको