• ट्रेण्डिङ:

प्रहरी हिरासतमा महिलाको मृत्यु

प्रहरी हिरासतमा महिलाको मृत्यु

रोदिक खबर

१५, आश्विन २०७७
  • 3.9K
    SHARES
  • प्रहरी हिरासतमा महिलाको मृत्यु

    रौतहट । रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा एक महिलाको मृत्यु भएको छ । गुजरा नगरपालिका–२ कटानीबजारकी राधिका राउत बिहीबार विहान इलाका प्रहरी कार्यालको महिला सेलको हिरासतमा मृत अवस्थामा भेटिएकी हुन् ।

    कटानी बजारका एक युवकसँग शारीरिक सम्बन्ध राखेको भन्दै उनकै श्रीमान सुमन राउतले बुधबार सा“झ वडाअध्यक्षको रोहवरमा राधिकालाई प्रहरीको जिम्मा लगाएका थिए ।

    प्रहरीले दुबैलाई निन्यत्रणमा लिएर स्वास्थ्य जाँच गराएको थियो । हिरासतमा रहेकी महिलाको मृत्युको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठले बताए ।

    प्रहरीले ती महिला छारेरोगको बिरामी रहेको र लामो समयदेखि औषधी सेवन गरिरहेको बताएको छ । हिरासतमा हुँदा पनि उनलाई छारेरोगले च्यापेर दुई पटक बेहोस भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार राधिकाका श्रीमानले पनि आफ्नी पत्नीमा छारेरोगको समस्या रहेको बताएका छन् ।

    यसअघि गत साउनमा पनि गरुडास्थित प्रहरी कार्यालयको हिरासतमा एक युवकको मृत्यु भएको थियो । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको मृत्यु प्रहरीको कुटाइबाट भएको भन्दै आफन्त र स्थानीय वासिन्दाले आन्दोलन गरेका थिए ।

    हिरासतमा उनलाई यातना दिएको खुलेपछि रौतहटका प्रहरी अधिकारीहरु पनि अनुसन्धानमा तानिएका थिए ।

    प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - १४:२२:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको