काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा परराष्ट्र सचिव शंकरदाश बैरागीलाई नियुक्त गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै बैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो ।
यसैगरी पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको छ भने निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गरेको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए ।
राष्ट्रिय सभाको सदस्यको पदावधी सकिएपछि र त्यसपछिको ६ महिना अर्थमन्त्री रहेका खतिवडाले गत भदौ २० गते राजिनामा दिएका थिए ।
त्यस लगत्तै खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए ।आजकै मन्त्रिपरिषद बैठकले रेग्मीको राजिनामा स्विकृत गरी बेलायतको लागि राजदूत नियुक्तीको सिफारिस गरेको हो।