खोटाङ । खोटाङको केपीलासगढी गाउन्पालिकाको खार्ताम्छा एक महिला मृत फेला परेकी छन् । केपीलासगढी गाउँपालिका–२ खार्ताम्छा कुदुङकी ६० वर्षीय ठकुरी राई खोलामा मृत फेला परेकी हुन् ।
बुधबारदेखि सम्पर्क बिहिन भएकी राई बिहिबार बिहान घरभन्दा तलको तापखोलाको बगरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरियाले बताए । खोजीकाक्रममा उनको शव खोलामा पानीले बगाएर बगरमा अड्किएको अवस्थामा फेला परेको प्रनाउ चिमरियाले बताए ।
राई खोलामा फड्ने तर्नेक्रममा खोलामा पानीमा खसेको हुनसक्ने अनुमान गरिएको छ । उनी माईती गएर घर फर्कनेक्रममा बेपत्ता भएको भन्दै आफन्तले खोजीका लागि प्रहरीचौकी खार्ताम्छालाई खबर गरेका थिए ।