• ट्रेण्डिङ:

घर भत्किएपछि विचल्नीमा परेको परिवारलाई गाउँपालिकाको राहत

घर भत्किएपछि विचल्नीमा परेको परिवारलाई गाउँपालिकाको राहत

रोदिक खबर

१५, आश्विन २०७७
  • 4.4K
    SHARES
  • घर भत्किएपछि विचल्नीमा परेको परिवारलाई गाउँपालिकाको राहत

    खोटाङ । अविरल वर्षाका कारण घर भत्किएपछि विचल्नीमा परेकी  खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर –३ छोरम्बुकी  दहल कुमारी राईलाई गाउँपालिकाले राहत उपलव्ध गराइएको छ ।

    असोज ६ र ७ गते परेका अविरल वर्षाका कारण घर भत्किएपछि घर विहीन बनेकी राईलाई गाउँपालिकाले  बिहीवार ३० हजार राहत उपलव्ध गराएको हो ।

    Rahat1.jpg

    विचल्नीमा परेकी राईलाई  गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहाल, वडाध्यक्ष ईन्द्र बहादुर बस्नेत, कांग्रेस वडा सभापति तुलस राई लगायतले घरमै पुगेर राहत प्रदान गरेको  आइटी अफिसर मणिचन्द्र राईले जानकारी दिए । वर्षाका कारण घर भत्किएपछि राई छिमेकीको घरमा आश्रय लिएर बस्दै आएकी थिइन्।

    7.jpg

    प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - २१:५६:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको