काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा १९११ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका मात्र ९४३ जनामा कोरोना संक्रमण भएको छ । काठमाडौंका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भएर ९६१ जना घर फर्केका छन् । नेपालमा हालसम्म ५७ हजार ३ सय ८९ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ । कोरोना संक्रमणका कारण बिहीबारसम्म ५०९ जनाको मृत्यु भएको छ ।
आज कहाँ कति जना संक्रमित ?
संक्रमितमध्ये काठमाडौंमा ८१७, कैलालीमा १६१, मोरङमा १०५, रुपन्देही ९१, चितवनमा ८६, ललितपुरमा ६८, सुनसरीमा ६६, भक्तपुरमा ५८, सिराहामा ३९, जुम्ला ३७, बाँकेमा ३०, पर्सा, कास्कीमा २८, कञ्चनपुरमा २४ जना रहेका छन् ।
त्यस्तै धनुषामा १९, महोत्तरी, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङमा १७र१७, सप्तरीमा १६, बारा, नवलपरासी पूर्व र बागलुङमा १४र१४, नुवाकोट र नवलपरासी पश्चिममा १०, दाङमा ९, तनहँमा ८ जनामा संक्रमण देखिएको छ ।
कालीकोटमा ७ जना, झापा र रामेछापमा ६/६ जना, सर्लाही, गोरखा र रुकुम पूर्वमा ५ जना, रौतहट, सिन्धुली, बर्दिया र बैतडीमा ४/४ जना, उदयपुर र ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, कपिलवस्तु, गुल्मी, पाल्पा, रुकुम पश्चिम र सल्यानमा ३र३ जना संक्रमित भेटिएका छन् ।
खोटाङ, पर्वत, लमजुङ, दैलेख, मुगु र बझाङमा २/२ जना, ताप्लेजुङ र भोजपुर, स्याङ्जा, अछाम र डडेल्धुरामा १/१ जना संक्रमित भएका छन् ।