• ट्रेण्डिङ:

खोटेहाङ गाउँपालिकामा ज्येष्ठ नागरिक सम्मानित

खोटेहाङ गाउँपालिकामा ज्येष्ठ नागरिक सम्मानित

रोदिक खबर

१५, आश्विन २०७७
  • 4.6K
    SHARES
  • खोटेहाङ गाउँपालिकामा ज्येष्ठ नागरिक सम्मानित


    खोटाङ । असोज १५, खोटाङको खोटेहाङ गाउँपालिकाले गाउँपालिभरीका सबैभन्दा ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवशरमा खोटेहाङ गाउँपालिका–७ खोटाङबजार धनमुढाकी १०१ वर्षकी हिमादेबी अधिकारी भट्टराईलाई सम्मान गरेको हो ।

    गाउँपालिकाभरीकै सबैभन्दा ज्येष्ठ नागरिक हिमादेबीलाई दोसल्ला ओढाएर नगद ५ हजार, एक थान साडीचोलो, हर्लेक्स, फ्रुटी र सम्मान–पत्र प्रदान गरिएको छ । धनमुढाकी हिमादेबी गाउँपालिकाभरीकै ज्येष्ठ नागरिक भएकाले गाउँपालिकाले बिहिबार उनकै टोलमा पुगेर ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरेको हो ।

    jestha nagarik.jpg

    कार्यक्रममा हिमादेबीसहित धनमुढाका ३० जना ज्येष्ठ जागरिकलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । टोलका अन्य ज्येष्ठ नागरिकलाई भने हर्लेक्स, फ्रुटी, मोफलर सहित प्रमाण–पत्र प्रदान गरिएको छ ।

    ज्येष्ठ नागरिकलाई गाउँपालिकाका अध्यक्ष प्रदीप राई, उपाध्यक्ष कविता राई, वडाध्यक्ष शिव फुयाँल लगायतले सम्मान गरेका थिए । ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्नुका साथै औषधि वितरण गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - २२:२६:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको