• ट्रेण्डिङ:

खोटाङमा पुःन दुई जना प्रहरी जवानलाई कोरोना संक्रमण

खोटाङमा पुःन दुई जना प्रहरी जवानलाई कोरोना संक्रमण

रोदिक खबर

१६, आश्विन २०७७
  • 5.2K
    SHARES
  • खोटाङमा पुःन दुई जना प्रहरी जवानलाई कोरोना संक्रमण

    खोटाङ । असोज १६, खोटाङमा दुई जना प्रहरी जवानलाई कोरोना संक्रमण पूष्टी भएको छ । तालिममा गएर जिल्ला प्रहरी कार्यालय फर्किएका दुई जवानलाई कोरोना संक्रमण पूष्टी भएको हो । तालिममा गएकैबेला लकडाउन भएपछि दुहवी दंगा सुनसरीमा बसेर असोज ११ गते फर्किएका जवानलाई कोरोना संक्रमण पूष्टी भएको जिल्ला अस्पताल खोटाङले जनाएको छ ।

    उनीहरुको असोज १२ गते स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि टेकु पठाइएकामा बिहिबार पोजिटिभ रिपोर्ट आएको हो । दुहबीबाट आएसँगै जिल्ला प्रहरी कार्यालयको क्वारेन्टीनमा राखिएका जवानलाई संक्रमण पूष्टी भएको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालयकै आइसोलेसनमा राखिएको प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरियाले बताए ।

    सबै संक्रमितले कोरोना जितेपछि कोरोना संक्रमित रहित बनेको जिल्लामा पुःन दुई जना संक्रमित फेला परेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट २८ जनाको पिसिआर परिक्षणमा स्वाव पठाइएकामा दुई जना प्रहरीलाई संक्रमण भएको पूष्टी भएको हो ।

    यसअघि सरुवा भएर जिल्ला प्रहरी कार्यालय आएका ७ जना प्रहरी जवानलाई कोरोना संक्रमण पूष्टी भएको थियो । यससँगै खोटाङमा पिसिआर परिक्षणमा पठाएकामध्ये कोरोना संक्रमण पूष्टी भएको संख्या २३ पुगेको छ ।

    प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - १६:२८:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको