काठमाडौं । नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।यससँगै आज मृत्यु हुनेमध्ये ७ जना पुरुष र ४ जना महिला रहेका छन् ।
यो कुल संक्रमितको ० दशमलव ६५ प्रतिशत हो । बितेको २४ घण्टामा नेपालमा थप २ हजार ७२२ जनामा कोरोना भाइरस (कोभिड १९_ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार ७३९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।