• ट्रेण्डिङ:

एकै दिन ३ हजार ३०७  जना डिस्चार्ज

एकै दिन ३ हजार ३०७  जना डिस्चार्ज

रोदिक खबर

१६, आश्विन २०७७
  • 2.6K
    SHARES
  • एकै दिन ३ हजार ३०७  जना डिस्चार्ज

    पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका  अनुसार अब कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ५ हजार ४०२, प्रदेश २ मा १३ हजार ९२८, बागमती प्रदेशमा १८ हजार ८५१, गण्डकी प्रदेशमा ३ हजार ३७९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    त्यस्तै प्रदेश ५ मा ९ हजार ८१, कर्णालीमा ३ हजार २५ र सुदूरपश्चिममा ७ हजार ३० जना संक्रमणमुक्त भएका छन् ।

    पछिल्लो २४ घण्टामा २७ सय २२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० रहेको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ७३.६ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

    प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - १७:०१:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको