• ट्रेण्डिङ:

रुघाखोकी/ज्वरोभन्दा स्वाद र गन्ध थाहा नपाउनु कोरोना लागेको प्रस्ट संकेत !

रुघाखोकी/ज्वरोभन्दा स्वाद र गन्ध थाहा नपाउनु कोरोना लागेको प्रस्ट संकेत !

रोदिक खबर

१६, आश्विन २०७७
  • 3.3K
    SHARES
  • रुघाखोकी/ज्वरोभन्दा स्वाद र गन्ध थाहा नपाउनु कोरोना लागेको प्रस्ट संकेत !

    पछिल्लो अनुसन्धानले रुघाखोकी लाग्नु र ज्वरो आउनुभन्दा स्वाद र गन्ध थाहा नपाउनु कोरोना भाइरस संक्रमण भएको स्पष्ट लक्षण हुन सक्ने देखाएको छ।

    युनिभर्सिटी कलेज लन्डनका अनुसन्धानकर्ताले गरेको अध्ययनले त्यस्तो तथ्य पत्ता लगाएको हो।

    उनीहरूका अनुसार यो वर्षको सुरुमा गरिएको अध्ययनमा सहभागी ५ सय ९० जनामध्ये त्यस्ता ८० प्रतिशत मानिसको शरीरमा एन्टिबडी पाइयो, जसले स्वाद र गन्ध थाहा पाउने शक्ति गुमाएका थिए।

    विज्ञका अनुसार शरीरमा एन्टिबडी विकास हुनु भनेको पहिले कोरोना संक्रमण भइकन निको भएको प्रमाण हो।

    युनिभर्सिटी कलेज लन्डनकी अग्रणी लेखक एवं अध्ययनकर्ता प्राध्यापक रेचल ब्याटरह्यामले अहिले पनि धेरै मानिसले कोरोना लागेको मुख्य लक्षणका रूपमा खोकी र ज्वरोलाई नै ठान्छन्।

    तर आफूले ४ सातादेखि स्वाद र गन्ध थाहा पाउन छाडेका मानिसलाई गत अप्रिल २३ देखि मे १४ तारिखसम्म एसएमएसमार्फत अनुसन्धानमा सहभागी गराई एन्टिबडी परीक्षण गर्दा पाँच जनामध्ये चार जनामा एन्टिबडी पाइएको उनले बताइन्। यो भनेको उनीहरूमा पहिला कोरोना पोजेटिभ रहेको प्रमाण हो।

    उनका अनुसार जस्तै स् अत्तर, दन्तमन्जन, कफीजस्ता दैनिक प्रयोग हुने वस्तुको बास्नारगन्ध थाहा नपाएको महसुस गर्ने व्यक्तिले आफूलाई अलग्गै राख्नुपर्छ। कोरोनाका सबै बिरामीमा यस्तै लक्षण हुन्छन् भन्ने त छैन तर स्वादरबास्ना थाहा पाउने शक्ति गुमेको छ भने कोरोना संक्रमण भएको हुन सक्ने सम्भावना धेरे हुने अनुसन्धानले देखाएको उनको भनाइ छ।

    प्राध्यापक ब्याटरह्यामका अनुसार विचार गर्नुपर्ने मुख्य कुरा के हो भने रुघा नलागी वा नाक बन्द नभई गन्ध आउन छोडेको छ कि छैनरु

    कोरोना भाइरसले नाकको पछाडिपट्टि घाँटी र जिब्रोमा रहेका कोषिकाहरूलाई आक्रमण गर्ने भएकाले गन्ध थाहा नपाउने गराउने अनुसन्धानकर्ता बताउँछन्।

    किङ्स कलेज लन्डनका अनुसन्धानकर्ताका अनुसार धुवाँको गन्ध तथा ग्यास लिक भएको थाहा नपाउने पनि यसका लक्षणमा पर्छन्। बीबीसी/नेपालखबरबाट

    प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - २१:१७:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको