खोटाङ । खोटाङमा ट्याक्टर दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकातर्फ जाँदै गरेको ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको जोरआँपमा शुक्रबार राती दुर्घट्ना हुँदा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका २६ वर्षीय प्रकाश राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरियाले बताए । उनलाई ट्याक्टरको ट्रलीले किचेको थियो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट जस्तापाता, किराना पसलका सामान, ग्याँस लगायत घरायसी सामान लिएर हिँडेको स १ त ६६८० नम्बरको ट्याक्टर दुर्घट्ना हुँदा टेम्माकै ३० वर्षीय हरी मुग्राती सामान्य घाईते भएका छन् । साँघुरो घुम्तीमा ट्याक्टरको ट्रली पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । ट्याक्टरमा ६ जना सवार थिए । ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको प्रनाउ चिमरियाले बताए ।